नेपाल विश्वकप छनोटमा दुई पटकको विजेता वेस्ट इन्डिज र आयोजक जिम्बावेको समूहमा
टुडेपाटी–
काठमाडौं, जेठ ९ गते ।
आगामी महिनामा जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका परेका छन्।
समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल असार ३० गते आयोजक जिम्बावेसँग खेल्नेछ।
यस्तै असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।
Sponsored
पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।
सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।