TodayPati

मधेश प्रदेश : चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

टुडेपाटी-
रौतहट, बैशाख २३ गते ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका तीन जनालाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ ।

पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ बाट चोरिभएको तीन मोटरसाइकल बरामद गरी प्रहरीले चोरीमा संलग्न तीन जना आरोपी चोरलाई शुक्रवार साँझ सार्वजनिक गरेको हो।

Sponsored

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेस प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनीको मोटरसाइकल,  ना‍‍.४६ प ६२४७ नम्बरको हिरो कम्पनीको सुपर स्पेलेण्डर मोटरसाइकल, बा. ६९ प ९३६१ नम्बरको बजाज कम्पनीको २०० सिसीको मोटरसाइकल चोरीको आरोपमा तीनै जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सर्लाहीका १९ वर्षीय श्याम महतो, १९ वर्षीय नजरे नदाफ र सप्तरीका २० वर्षीय सिद्धार्थ महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले बताएका छन्।

मोटरसाइकलसहित पक्राउ परेका तीनै जना मानिसहरूलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *