TodayPati

मधेश प्रदेश : डीजे गाडीको ठक्करबाट एकजनाको मृत्यु

टुडेपाटी-
सर्लाही, बैशाख २३ गते ।

सर्लाहीमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

नवलपुर–मलंगवा जोड्ने सडकखण्ड अन्तर्गत हरैयामा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको हो ।

Sponsored

हरिपुर नगरपालिका–४ हरैयामा गत राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय बीआर ३० ए २७२१ नम्बर प्लेटको गाडीले सोही दिशातर्फ पैदल जाँदै गरेका चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ वर्षीय पप्पु बैठालाई ठक्कर दिएको हो ।

डीजे गाडीको ठक्करबाट सख्त घाइते भएका बैठाको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतीमा हुइँकिएको गाडीले पैदल यात्रीसँगै ना ६५ प ४१६० नम्बरको मोटरसाइकलमा समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

डीजेका गाडी संचालक कविलासी नगरपालिका–७ गैरका नागेन्द्र कुशवाहा फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *