TodayPati

मधेश प्रदेश : छात्रावासको तेस्रो तल्लाबाट लडेर विद्यार्थीको मृत्यु

टुडेपाटी-
सप्तरी, बैशाख २३ गते ।

सप्तरीमा छात्रावासको तेस्रो तल्लाबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

राजविराज नगरपालिका ७ स्थित प्यारागन विद्यालयको तेस्रो तलाबाट लडेर डाकनेश्वरी नगरपालिका–७ का ९ वर्षीय मोहम्मद ममताजको बिहीबार साँझ मृत्यु भएको हो ।

Sponsored

उनी कक्षा २ मा अध्ययनरत थिए ।

प्यारागन विद्यालयमा कक्षासँगै छात्रावाससमेत राखिएको छ ।

गत वैशाख १२ गते मात्र सो विद्यालय र छात्रावासमा भर्ना भएका बालक ममताज भर्ना भएको २ दिनपछि पैतालामा घाउ भएर अभिभावकसँग घर गएका थिए ।

Sponsored

वैशाख २१ गते बिहीबार साढे १२ बजे मात्र छात्रावास आएका उनी साँझ ५ बजेर ३९ मिनेटमा छतबाट लडेका थिए ।

छात्रावासमा ट्युसन पढिरहेका बेला साढे ५ बजे एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो । तर साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए ।

त्यो तल्लामा रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ ।

तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याएको केहीबेरमै उनको ज्यान गएको थियो । सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *