मधेश प्रदेश : नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ
टुडेपाटी–
पर्सा, बैशाख २१ गते ।
प्रहरीले वीरगंज महानगरपालिका १६ बाट दुई जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।
बुधबार दिउँसो दुई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका ३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sponsored