जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबारदेखि पुनः नियमित सेवा दिने
टुडेपाटी–
सर्लाही, बैशाख २१ गते ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रतिलिपि फाँटमा आगलागी भएपछि अवरुद्ध भएको सेवा शुक्रबारदेखि पुनः सुचारु हुने भएको छ ।
मंगलबार विद्युत् सर्ट भएर कार्यालयमा आगलागी भई विभिन्न उपकरणमा क्षति पुग्नुका साथै कार्यालयको पूरै वाइरिङ जलेपछि कार्यालयले सेवा अवरुद्ध गरेको थियो ।
क्षतिग्रस्त वाइरिङ मर्मतको काम पूरा भएको र नागरिकता प्रतिलिपी फाँटमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानरको व्यवस्था समेत मिलाएर भोली शुक्रबारदेखि सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।