TodayPati

महोत्तरीमा चिसो छल्न बालेको आगोले पोलेर एक वृद्धाको मृत्यु

टुडेपाटी–
महोत्तरी, पुस १९ गते ।

महोत्तरीमा चिसो छल्न बालेको आगोले पोलेर एक वृद्धाको मृत्यु भएको छ।

आइतबार नुहाएर आगोनजिकै बसेकी जिल्लाको पिपरा गाउँपालिका– १ खैरवानिवासी ९५ वर्षीया गुलेब देवीले लगाएको कपडामा आगो लाग्दा घाइते भएकी थिइन्।

Sponsored

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत्त रहेकी उनको उपचारकै क्रममा मंगलबार बिहान मृत्यु भएको परिवारले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *