मधेश प्रदेश : साढे चारलाख भारतीय रुपैयाँसहित दुईजना पक्राउ
टुडेपाटी–
रौतहट, पुस १९ गते ।
रौतहटमा सिमावर्ती क्षेत्रमा प्रहरीले साढे ४ लाख भारु रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
रौतहटको सदरमुकाम गौर स्थित भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई जना भारतीय नागरिक लाई पक्राउ गरेको हो ।
गौर भन्सार अगाडि चेकिङ गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार तिनीहरुको साथबाट चार लाख ४९ हजार ५०० रुपैयाँ बरामद भएको हो ।
पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजाद कुमार मालाकार र ३२ वर्षीय सञ्जीव कुमार तिवारी रहेका छन् ।
श्रोत नखुलेको भारतीय रुपैयाँ तथा मोटरसाइकल समेत नियन्त्रणमा लिई पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए ।
Sponsored