TodayPati

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेमाथि कारबाही गर्न पत्रकार महासंघ केन्द्र र प्रदेशको माग

टुडेपाटी-
जनकपुरधाम, पुस १९ गते ।

शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने धम्की दिने घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश समितिले खेद प्रकट गरेका छन् । समाचार संकलनको लागि पुस १५ गते मधेश प्रदेश सभामा पुगेका पत्रकार महतोलाई समचारको विषयलाई लिएर नगरप्रमुख दासले भौतिक कारबाही गर्ने धम्की घटनाप्रति केन्द्र र प्रदेश समितिले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै कारबाहीको समेत माग गरेको छ ।


महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ती जारी प्रेस विरोधी कार्यमा संलग्न दासलाई कारबाहीको माग गरेका छन् । यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बञ्जाराले पनि प्रेस विज्ञप्ती जारी गर्दै घटनाप्रति घटनाप्रति भत्र्सना र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

Sponsored

‘सार्वजनिक निकायका प्रमुखजस्तो जिम्मेवार व्यक्तिवाट पत्रकारलाई यस किसिमले धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसिद बनाउने यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दछ’ विज्ञप्तीमा लेखिएको छ ‘प्रेसविरोधी कार्यमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारवाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग महासंघ माग गर्दछ ।’

पत्रकार महतोलाई प्रमुख दासले ‘नगरपालिका आउनु लात्तीले हानेर छातीको हाड ’भाँचिदिन्छु’ मैले नसके महिला र अन्य मान्छे लगाएर भाँच्छु’ भनेर ज्यान मार्ने धम्की दिएका थिए । पत्रकार महतो अनलाइनखबर र टुडेपाटीमा कार्यरत्त छन् ।

यसअघि नेपाल पत्रकार महासंघ धनुषा शाखा, प्रेस सेन्टर नेपाल मधेश प्रदेश समिति, फोटो पत्रकार महासंघले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने नगरप्रमुख दासलाई कारबाही गर्न माग गरेका छन् । आइतबार पत्रकार महासंघ धनुषा शाखाले मेयर दासलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा ज्ञापन पत्र समेत बुझाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “पत्रकारलाई ज्यान मार्ने धम्की दिनेमाथि कारबाही गर्न पत्रकार महासंघ केन्द्र र प्रदेशको माग

  • January 3, 2023 at 11:39 am
    Permalink

    सुरु देखिनै छानबिन गरि कडा कार्यवाही गरिनु पर्छ ।नभए अपराधी पृष्ठभूमि भएका जनप्रतिनिधिहरुले जनता र समाजलाई ठुलै क्षति पुर्‍याउने छन।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *