जनकपुरको एक निजी स्कुलले गरे सामुदायिक विद्यालयलाई विभिन्न सामग्री सहयोग
टुडेपाटी-
जनकपुरधाम। पुस १४ गते ।
जनकपुरको संस्थागत विद्यालय सिद्धार्थ शिशु सदनले एक सामुदायिक विद्यालयमा अध्ययन, खेलकुद तथा फर्निचर सामग्री हस्तान्तरण गरेको छ ।
सिद्धार्थ शिशु सदनले आफ्नो ४२ औं वार्षिकोत्वको अवसमार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ स्थित शंकर आधारभूत विद्यालयलाई सो सामग्रीहरु सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरीय शिक्षासँगै शारीरिक तथा वौद्धिक विकासको लागि सो सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।
सिद्धार्थ शिशु सदनले यो वर्ष पनि वार्षिकोत्सवमा स्कुलमा साइन्स एक्जिबिसन, खाना प्रदर्शनी, रगत दान जस्ता कार्यक्रम सम्पन्न गरेको हो ।
बहुत बहुत बधाई जियो,जागो,फलो,फुलो ऐसेहि सहयोग करते रहो।शुभकामना।