चीनमा दुई सयवटा गाडी एक-आपसमा ठोक्कियो
एजेन्सी-
जनकपुरधाम, पुस १४ गते ।
चीनमा दुई सयवटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । बाक्लो हुस्सुका कारण हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
ठूलो संख्यामा गाडी दुर्घटना भएपनि एकजनाको मात्र मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।
दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । एक भिडियोमा एक व्यक्तिले दुर्घटनास्थलको दृष्य निकै डरलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।
दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको थियो । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ ।
चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको समाचारमा उल्लेख छ ।
Sponsored