TodayPati

मधेश प्रदेश : अपहरणमा परेका सिद्धकीको उद्धार, संलग्न भारतीय नागरिक पक्राउ

टुडेपाटी–
जनकपुरधाम, पुस १३ गते ।

मधेश प्रदेश प्रहरीले महोत्तरीको पिपरा गाउँपालिकाबाट अपहरणमा परेका एक व्यक्तिलाई उद्धार गरेको छ ।

काठमाडौँमा मैन पावर चलाउँदै आएको सिरहाको लहानका ईसर सिद्दकीलाई मधेश प्रदेश प्रहरीको टोलीले उद्धार गरेको हो ।

Sponsored

मैनपावर चलाउँदै आएका सिद्धकी जनकपुरधाम आउँदा पुस ९ गते अपहरणमा परेका थिए ।

उनको अपहरणमा संलग्न भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सिद्धकीको ससुराली समेत रहेको बेतहा पर्साका शेषसंग पुरानो लेनदेन विवाद रहेको थियो । सिद्धकीले शेषसंग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

Sponsored

प्रहरीका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए ।

पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *