जनकपुरधाममा उपेन्द्र यादवको उपस्थितिमा जसपाको चुनावी समिक्षा बैठक जारी
टुडेपाटी–
जनकपुरधाम, पुस १३ गते ।
जनकपुरधाममा जनता समाजवादी पार्टीको चुनावी समिक्षा बैठक सुरु भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा प्रदेश पार्टी कार्यालयमा चुनावी समिक्षा बैठक सुरु भएको हो ।
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेसँग तालमेल गरेर चुनाव लडेको जसपाले विभिन्न स्थानमा पराजितको सामना गरेको हो । सोही विषयमा जसपाको प्रदेश पार्टी कार्यालयमा छलफल सुरु भएको हो ।
दुई दिन सम्म चल्ने बैठकको दोस्रो दिन मधेस प्रदेशको संसदीय दलको नेता समेत चयन हुनेछ ।
बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष यादवसँगै मधेस सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, कृषि मन्त्री विजय यादव, सुरेश यादव, योगेन्द्र राय यादव, जितेन्द्र यादव लगायतका नेताहरु उपस्थित छन् ।
Sponsored