TodayPati

नेहा र निहारिकाको नेतृत्वमा रामगोपालपुरमा ढुंगामुढा, दुबैजना पक्राउ

टुडेपाटी-
महोत्तरी, मंसिर २९ गते ।

नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनाको नेतृत्वमा डा.पङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरमाथि ढुंगामुढा गराएपछि तनाब बढेको थियो । सो क्रममा ढुंगामुढाबाट चारजना प्रहरीसमेत घाइते भएका छन् । ढुंगामुढा गराएको आरोपमा नेहा र निहारिकालाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

पति पंकजको घरको मुख्यद्वारमा नेहा धर्ना दिँदै अनशन बसेकी छन् । उनलाई निहारिकासहितले सघाउँदै गत मङ्गलबारदेखि धर्ना दिँदै आएका छन् । नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । अनशनमा बसेका नेहा र निहारिकाले घरको मुख्यद्वारको ताल्चा नखोलिएर आफू घरभित्र पस्न नपाएको भन्दै गत मङ्गलबारदेखि नै धर्ना बस्दै आएका थिए ।

Sponsored

धर्नामा बसेकी नेहाले निहारिकाको सहयोगमा आपूmहरू धर्नामा बसेको तीन दिन भइसक्दा पनि आफ्नै घरमा पस्न नपाइएको भन्दै ढुङ्गा बर्साउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो । नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि पनि ढुङ्गा बर्साएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ । झडपका क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् ।

केही दिन पहिलेदेखि पति डा पङ्कज चौधरी र घरका परिवारजनले शारीरिक र मानसिक यातना दिँदै आएका आरोप लगाउँदै आएकी नेहाका पति डा पङ्कज चौधरीलाई प्रहरीले गत मङ्गलबार नै नियन्त्रणमा लिइसकेको छ । मुख्य आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइसकेको अवस्थामा नेहा र निहारिकाले कोही नभएको घरमा ढुङ्गा बर्साएर अनावश्यक बखेडा खडा गरेका प्रहरी उपरीक्षक पङ्गेनीको भनाइ छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *