TodayPati

सिम्रौनगढ नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत साह घुससहित पक्राउ

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ७ गते ।

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्भान आयोगको कार्यालय हेटौडाको टोलिले उनलाई बिहीबार ७८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

Sponsored

एक योजनाको बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिइरहेको ७८ हजार घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

निमित प्रशासकीय अधिकृत साह सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका ४ वडा कार्यालय नजिक बाटोबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *