TodayPati

मधेश प्रदेश : कटुवा पेस्तोलसहित एकजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, मंसिर २९ गते ।

प्रहरीले कटुवा पेस्तोलसहित सिरहाबाट एक युवकलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटेको प्रहरीको गस्ती टोलीले बिष्णुपुर गाँउपालिका ३ राजपुर बस्ने २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शंकाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

प्रहरीले दासको साथबाट कटुवा पेस्तोलसहित गोली राउण्ड १ राउण्ड बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकोछ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *