TodayPati

ट्याक्टरको ठक्करबाट महोत्तरीका एकजनाको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, मंसिर २९ गते ।

ट्याक्टरको ठक्करबाट महोत्तरीका एकजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब ३ बजेको समयमा सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ३ स्थित हुलाकी सडक खण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको ईटहरवाकट्टी ७ बस्ने ५७ वर्षीय सुरेन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

यस्तै, मोटरसाइकच चालक घाइते भएका छन् ।

पर्साबाट मलंगवातर्फ आउदै गरेको ज २ त ५२७ नम्बरको ट्याक्टरले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीको रामनगर गाउँपालिका ४ बस्ने ३१ वर्षीय संजय मण्डल र महोत्तरीका सुरेन्द्र मण्डल घाइते भएका थिए ।

अस्पतालमा दुबैजनालाई उपचारका लागि लगेकोमा सुरेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेको हो ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “ट्याक्टरको ठक्करबाट महोत्तरीका एकजनाको मृत्यु

  • December 15, 2022 at 9:08 pm
    Permalink

    Hamari gao ko xa

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *