TodayPati

मधेश प्रदेश : परालले छोपेको अवस्थामा युवकको शव फेला

टुडेपाटी–
वीरगञ्ज, मंसिर २९ गते ।

बारामा परालले छोपेको अवस्थामा युवकका शव फेला परेको छ ।

जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको प्रहरीले जनाएका छन् ।

Sponsored

तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

कर्तव्य गरी युवकलाई मारेर फालेको हुन सक्ने आशंका रहेको उनले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *