TodayPati

गुठी संस्थानका कर्मचारीमाथि कार्यकक्षमै हातपात !

टुडेपाटी–
जनकपुरधाम, मंसिर २९ गते ।

गुठी संस्थान जनकपुरधामका अमिन प्रभात चन्द्र पोखरेलमाथि कार्यकक्षमै हातपात भएको छ ।

बिहीबार दिउँसो करिव साढे १२ बजेको समयमा नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका हुन् ।

Sponsored

अमिन पोखरेलले टेण्डर दर्ता नगर्न दबाब दिँदै एमाले नेता भण्डारीले आफूमाथि कुटपिट गरेको बताए ।

बिहिबार दिउँसो १२ बजेभित्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजय कुमार मण्डलले टेण्डरका लागि आफ्नो टेबलमा फाइल राखेकोले आफूले त्यसलाई दर्ता गर्नलाग्दा एक्कासी आएर भण्डारीले आफूमाथि हातपात गरेको उनले सुनाए ।

भण्डारीले आफूलाई सो टेण्डर दर्ता नगर्न दबाब दिएको र आफूले नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले बताए ।

Sponsored

यता, टेण्डर दर्ता गर्न आएका संजय मण्डलले आफू समयमै गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको दाबी गरे ।

यता, नेता भण्डारीले भने आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरे । उनले अमिन भण्डारीले दिउँसो १२ बजे पश्चात् पनि टेण्डर दर्ता गरेको आरोप लगाए । आफूले उनलाई समयअवधिभित्रै टेण्डर दर्ता गर्न आग्रह गरेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कठ्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *