TodayPati

मधेश प्रदेश : झन्डै २ करोडको लागतमा विद्यालय भवन निर्माण हुँदै

टुडेपाटी–
रौतहट, मंसिर २९ गते ।

मधेश प्रदेशको रौतहटमा झण्डै २ करोडको लागतमा स्थानीय तहले विद्यालय निर्माण गर्न लागेको छ । राजपुर नगरपालिकामा झन्डै २ करोडको लागतमा विद्यालय निर्माण हुन लागेको हो।

बुधबार मेयर डाक्टर राजिक आलमले एकसमारोहका बीच तिनतले बिधालय भवनको शिलान्यास गरेका हुन् ।

Sponsored

मेयर आलमले शिक्षा र साक्षरतामा देशमै सबभन्दा पुच्चारमा रहेको जिल्ला रौतहट भएकाले साक्षर नगर बनाउने उद्देश्यले शिक्षामा लगानी गरिएको बताए ।

विकास पुर्वाधारमा पछाडी रहेको राजपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य र बाटो तथा भौतिक पूर्वाधार निर्माण लाई विशेष प्राथमिकतामा राखेर जनचाहना अनुसार काम गरिरहेको मेयर आलमले बताए । मेयर आलम पुर्वमन्त्री हाल नखु जेलमा रहेका नेपाली कांग्रेसका महमद आफताभ आलमका छोरा हुन।

राजपुर अन्तर्गत बैरिया माध्यमिक विद्यालयको हाताभित्र निर्माण भैरहेको तीन तले विद्यालय भवन नगरविकास कोषको कुल लागत १ करोड ८९ लाख रुपिया रहेको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छ।

Sponsored

विद्यालय भवनको निर्माण २०८० असार १५ सम्म पूरा गर्ने सम्झौता भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *