TodayPati

विषादी मदिराको सेवनबाट २३ जनाको मृत्यु

एजेन्सी–
काठमाडौँ, मंसिर २९ गते ।

विषादी रक्सी सेवन गर्दा भारतको बिहार राज्यको छपरामा २३ जनाको मृत्यु भएको छ।

छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको हो । उनका अनुसार दुईजनाको पटनाको पीएमसीएचमा मृत्यु भएको हो।

Sponsored

मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका थिए।

त्यसपछि उनीहरुलाई छपराको सदर अस्पतालमा भर्ना गरिएको थियो।

यता, सारणका एसपी सन्तोष कुमारले १६ जनाको पोस्टमार्टम भइसकेको र केही व्यक्ति बिरामी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *