TodayPati

धनुषामा सवारी दुर्घटनामा २४ वर्षीय युवकको ज्यान गयो

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।

धनुषामा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षिय अमरेन्द्र महतो छन् ।

बुधबार राति १० बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–६, ढल्केवरस्थित हेल्थपोष्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा काठमाडौंतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा पछि–पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको महतो चलाएको मोटरसाइकल कोक्किएको थियो ।

Sponsored

बसमा ठोक्किएको मोटरसाइकल अनियन्त्रत भएर काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत कोक्किएर महतो गम्भीर घाइते भएका थिए ।

उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बस, हाइस र मोटरसाईकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *