TodayPati

धनुषामा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, मंसिर २९ गते ।

धनुषामा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललियाका महेन्द्र साहकी ४५ वर्षीया श्रीमती कालो देवी साहको मृत्यु भएको प्रहरील जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा कालोदेवी धान कुटाउन गएकी थिइन् । त्यस बेला मिलको फित्तामा बेरिएर टाउको र शरीर अलग भएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

Sponsored

उनको शव घटनास्थलको मुचुल्का गरी पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *