TodayPati

राजेन्द्र महतोले दर्ता गराए राष्ट्रिय मुक्ति पार्टी, १७३ सदस्य केन्द्रीय कार्यसमिति

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ९ गते ।

राजेन्द्र महतोले आफ्नो नेतृत्वको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल आयोगमा शुक्रबार दर्ता भएको हो ।

पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । महतो अध्यक्ष छन् भने अरु सबै जना सदस्य रहेका छन् ।

Sponsored

नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियानहरु चलाउँदै आएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *