TodayPati

सर्लाहीमा एकजनाको शव फेला

टुडेपाटी-
जनकपुरधाम, मंसिर २८ गते ।

सर्लाहीमा वेवारिसे अवस्थामा एकजना पुरुषको लास फेला परेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ राधाकृष्णा मन्दिरको प्राङ्गणमा अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको हो ।

मागी खाई हिड्ने पहाडी मुलकको जस्तो देखिने व्यक्ति मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

घटनास्थलमा इलाका प्रहरी कार्यालय केशरगंजबाट गएको प्रहरी टोलीले मुचुल्का सम्पन्न गरि शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *