TodayPati

ट्याक्टरले मोटरसाइकलमा ठक्कर दिँदा महोत्तरीका एक स्वास्थ्यकर्मीको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, मंसिर २८ गते ।

सर्लाहीको इश्वरपुरमा ट्याक्टरले मोटरसाइकलमा ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका २ बस्ने ३५ वर्षीय उदय कुमार साह रहेका छन् ।

मोहनपुरबाट बयलवास तर्फ जाँदै गरेको साहले चालाउँदै गरेको ज ११ प ५८६४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ त २४४० नम्बरको ट्याक्टरले बुधबार बिहान ईश्वरपुर नगरपालिका खोरिया टोल स्थित ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

Sponsored

प्रहरीका अनुसार मृतक पर्साको पर्टेवा सुगौली गाउँपालिका स्थित स्वस्थ्य शाखामा कार्यरत थिए । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *