मधेश प्रदेश : सिंचाइ कार्यालय परिसरबाटै गाडीका ब्याट्री चोरी
टुडेपाटी–
बारा, मंसिर १९ गते ।
बारामा सिँचाइ कार्यालयको परिसरमा रहेको ५ वटा गाडीका ७ वटा ब्याट्री चोरु भएको छ ।
जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिंचाइ कार्यालय परिसरमा रहेका ग्रेडरको १५० एम्पियरका २ वटा ब्याट्री र ५ वटा ट्याक्टरका १०० एम्पिपयरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए ।
७ जना ट्राफिक प्रहरी र ४ जना कलैया उपमहानगरपालिकाका स्टाफ बस्ने गरेको स्थानबाटै चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए ।
साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले चोरी भएको विषयमा अनुसन्धान शुरु गरेको र यथाशीघ्र चोरलाई पक्राउ गर्ने बताए ।
Sponsored