TodayPati

राराबको विकासका लागि आवश्यकता अनुसारको योजना ल्याउन जुलीको आग्रह

टुडेपाटी–
जनकपुरधाम, मंसिर १९ गते ।

रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको विकासका लागि क्याम्पस प्रशासनललाई आवश्यक योजना बनाएर ल्याउन नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले आग्रह गरेकी छन् ।

नेकपा एमालेकी नव निर्वाचित प्रतिनिधिसभा सदस्य महताले सोमबार राराब क्याम्पसमा पुगेर यो राष्ट्रकै धरोहरको रुपमा रहेकाले यसको विकासका लागि कोही पछाडि नपर्ने बताइन् ।

Sponsored

उनले क्याम्पसको आवश्यकताको बारेमा सम्बन्धीत निकायसम्म कुरा नै नगएका कारण समेत यसको विकास हुन नसकेको बताईन् ।

जुलीले यस अघि आफु समानुपातिक सांसद रहेपनि कसैले राराबको विकासका लागि कुनै योजना लिएर समेत नआएको गुनासो गरिन् ।

उनले यस क्षेत्रबाट आफु निर्वाचित भएकाले यस क्याम्पसको जिम्मेवारी आफुमाथि पनि रहेको बताउँदै उनले क्याम्पसमा आवश्यकता रहेको कुरालाई योजनाबद्ध रुपमा प्लानिङ्ग गरेर फाइल ल्याउन आग्रह गरिन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *