विवाहपञ्चमीमा दैनिक तीन पटक तीन दिन नेपाली रेल गुड्ने
टुडेपाटी–
जनकपुरधाम, मंसिर ७ गते ।
सीताराम विवाहपञ्चमी महोत्सवमा तीन दिन दैनिक तीन पटक नेपाली रेल चल्ने भएको छ ।
लाखौँ श्रद्धालुभक्तजन भारतबाट समेत आउने गरेका लागि नेपाल रेल्वे कम्पनीले नियमित सञ्चालनभन्दा बढी पटक तीन दिन रेल चलाउने भएको छ ।
विवाहपञ्चमी महोत्सव अन्तरगत मटको विधि हुने दिनदेखि तीन दिनसम्म दैनिक तीन पटक रेल चल्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएर शुभारम्भ गरेको रेल्वे दैनिक दुई पटक जनकपुरधामको कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म आउने जाने गरेका छन् ।
Sponsored