दोब्बर मतान्तरले जिते डा. सीके राउत, उपेन्द्र यादव करिब १७ हजारमा सिमित
टुडेपाटी–
जनकपुरधाम, मंसिर ७ गते ।
सप्तरी प्रतिनिधिसभा क्षेत्र नं। २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दोब्बर मतान्तरले जितेका छन् ।
डा. सीके राउत १८ हजार ६३ मतको अन्तरले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।
राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी यादव भने १६ हजार ९७९ मतमा सीमित भएका हुन् ।
यस्तै पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
Sponsored