TodayPati

मधेश प्रदेश : पाँच दलीय गठबन्धनका उम्मेदवार लक्ष्मणलालको जमानत जफत

टुडेपाटी–
पर्सा, मंसिर ७ गते ।

मधेश प्रदेशको पर्सामा पाँच दलीय गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवारको जमानत जफत भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले कूल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो।

Sponsored

पर्सा–१ मा ४८ हजार ५ सय २६ मत सदर भएको थियो। कर्णले ११ सय १७ मत मात्रै ल्याएका हुन्। उनी त्यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए।

कर्णसहित १९ जनाको जमानत जफत भएको छ।

पर्सा–१ मा जनता समाजवादीका प्रदीप यादव २२ हजार ५ सय ३७ मतका साथ विजयी भएका छन्।

Sponsored

यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *