TodayPati

धनुषा ३ मा मतगणनाको लागि यस्तो छ तयारी

टुडेपाटी–
जनकपुरधाम, मंसिर ३ गते ।

आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार मतदानपश्चात मतगणना हुने स्थानमा आवश्यक तयारी पूरा भएको जनाएको छ।

Sponsored

मतगणना हुने स्थानमा सुरक्षा घेरा लगाइएको छ भने सिसिटिभी क्यामेरा जडान गरिएको छ। यस्तै, मतदानका लागि घेरा लगाउने काम जारी रहेको छ।

धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतदानको समय ५ बजेसम्म रहेकाले मतदान सम्पन्न भएपछि मतपेटिका आएसँगै मतगणना सुरु हुने जानकारी दिए।

उनले आइतबार राति ९÷१० बजेदेखि मतगणनाको काम सुरु हुने जानकारी दिए।

Sponsored

धनुषा जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जना मतदाता छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *