TodayPati

धनुषाको पेपर फैक्ट्रीको मेसिनमा किचेर मजदुरको मृत्युु, धर्नामा परिवार

टुडेपाटी-
जनकपुरधाम, मंसिर २ गते ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित एभरेस्ट पेपर उद्योगममा मेसिनमा च्यापिएर एक मजदुरको ज्यान गएको छ । त्यहा कार्यरत मजदुर क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने ३५ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार आज बिहान १० बजे काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

Sponsored

घटनास्थलमा प्रहरी टोलि पुगेर अनुसन्धान गरिरहेको छ मृतक परिवार र मजदुर तत्कालै क्षतिपूर्तिको माग गर्दै धर्ना दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *