TodayPati

वडाध्यक्षले एकल महिलाको कागजात च्यातेको आरोप

टुडेपाटी-
महोत्तरी, मंसिर १ गते ।

एक एकल महिलाले गौशाला नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कुशेश्वर सिंहले एकल आफ्नो सिफारिस कागजात च्यातेको आरोप लगाएकी छन् ।

गौशाला नगरपालिका १२ परडियाका स्वर्गीय कैलाश राउतकी श्रीमती बिन्दा देवी राउतले वडाध्यक्ष सिंहमाथि यस्तो आरोप लगाएकी हुन् । बिन्दाकी श्रीमानको केही वर्षअघि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

Sponsored

राज्यबाट उनले एक्ल महिला भत्ता सुविधा पाउने गरेकी छन् । पछिल्लो समय उनको भत्ता बैंकले रोकेको छ । उनले सोही विषयमा पुराना कागजात लिएर वडाध्यक्ष सिंह समक्ष पुगेकी थिइन् । सो कागजात च्यातिदिएको पीडित महिलाको आरोप छ । अब वडाकार्यालयबाट दिएको कार्ड बैंकमा पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

यता वडाध्यक्ष सिंहले एकल महिलाले आफूमाथि लगाएको आरोप झुटो रहेको दावी गरेका छन् । उनले तीनवटा कागजात त्यसमा संलग्न गरी स्टीज गरिएको र स्टीज उप्काउने बेला माथि रहेको कागजात थोरै च्यातिएको बताए ।
‘मैले कागजात किन च्यातनु ? च्यातनै थियो भने बीचबाटै तीनवटै च्याति दिन्थे नि । कागजात हेर्नुस् त्यहाँ स्टिज उप्काउने बेला छेउमा थोरै च्यातिएको प्रष्ट देखिन्छ’, वडाध्यक्ष सिंहले टुडेपाटीसंग भने ‘किन हो यसरी मेरो बदनाम हुने गरी आरोप लगाएको बुझ्नै गाह्रो भयो ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *