जनकपुर-जयनगर रेल सेवा आजदेखि चार दिनको लागि बन्द
टुडेपाटी-
जनकपुरधाम, मंसिर १ गते ।
आजदेखि जनकपुरधाम जयनगर रेल सेवा चार दिनका लागि बन्द भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी चारदिनका लागि बन्द गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनका अनुसार मंसिर ४ गते निर्वाचन सम्पन्न भएपछि ५ गतेदेखि पुनः नियमित रेल सेवा सञ्चालन हुने छ ।
हाल जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म दैनिक दुईपटक रेल सेवा सञ्चालन हुँदै आएको छ ।
Sponsored