जनकपुरबाट एक ट्रक मदिरा बरामद
टुडेपाटी-
जनकपुरधाम, मंसिर १ गते ।
धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावलाई लक्षित गरी मदिरा बिक्रीवितरण निषेध गरेको छ । तर सोही अवस्थामा धनुषा प्रहरीले एकट्रक मदिरा बरामद गरेको हो ।
जनकपुरधाम उप महानगरपालिका २२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्वरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको छ । गाडीलाई रोकेर चेकजाँच गर्दा सो मात्रामा मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मदिरा र ट्रकसहित मकवानपुरको मनहरी गाउपालिका ३ बस्ने चालक ३४ वर्षीय निर्मल कुमार रिजाललाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।
यस्तै प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिका ४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको हो ।
Sponsored
गाडी चालक मुखियापट्टी मुसहर्निया ४ वस्ने ३० वर्षीय साहजन यादवलाई प्रहरीले पक्राउ गरेको छ । बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।