TodayPati

मधेश कृषि विश्वविद्यालयमा पहिलो सत्रका लागि भर्ना सुरु

टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।

मधेश प्रदेश सरकारले स्थापना गरेको मधेस कृषि विश्वविद्यालयमा पहिलो सत्रका लागि भर्ना प्रक्रिया सुरु भएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिए ।

Sponsored

कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ ।

गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले नयाँ भर्ना गर्ने विद्यार्थीले बी.एस.सी.एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।

विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला,मधेसी,दलित,अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटका लागि भर्ना खोलेकोको उपकुलपति डा. वैजनाथ महतोले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *