चुनाव विरोधी गतिविधि गरेको आरोपमा महोत्तरीबाट ७ जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।
चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा महोत्तरीमा ७ जना पक्राउ परेका छन् ।
महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री समेत वरामद गरेको छ ।
Sponsored