TodayPati

भारतसँग जोडिएको सीमानाका बन्द हुने

टुडेपाटी–
जनकपुरधाम, कार्तिक २९ गते ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भारतसँग जोडिएको मधेश प्रदेशको सीमानाका बन्द हुने भएको छ ।

मंसिर १ गते बिहिबार मध्यरातिबाट मतदान सम्पन्न नभएसम्म भारतको सीमासँग जोडिएको धनुषाको सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

Sponsored

निर्वाचन स्वच्छ, निश्पछ, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम विभिन्न निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सीमानाका बन्दसँगै निर्वाचनको दिन दमकल, शववाहन, एम्बुलेन्स, खानेपानी ट्यांकर, दुरसञ्चार सेवा, अस्पताल सेवा लगायत अति आवश्यक सेवा र अनुमति प्राप्त गाडी बाहेक अन्य गाडी सञ्चालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *