विश्वको जनसंख्या ८ अर्ब पुग्यो
टुडेपाटी–
काठमाडौँ, कार्तिक २९ गते ।
विश्वको जनसंख्या ८ अर्ब पुगेको छ।
संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो।
यस्तै, सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।
विश्वको जनसंख्या ११ वर्षको अवधिमा १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मुत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन्।
Sponsored
१५ वर्षपछि विश्वको जनसंख्या ९ अर्ब पुग्ने प्रक्षेपण गरेको छ।
अहिले चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ।
सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो ।