TodayPati

जनकपुर न्यूरो हस्पिटलले जेष्ठ नागरिकलाई आजिवन ओपिडीमा नि:शुल्क सेवा दिने

टुडेपाटी–
जकपुरधाम, कार्तिक २९ गते ।

जनकपुरधामको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टरले जेष्ठ नागरिकलाई ओपिडीमा आजिवन निःशुल्क सेवा दिने भएको छ ।

मंगलबार हस्पिटलका चेयरमेन इन्जिनियर अजय राउतले पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर १ गतेदेखि हस्पिटलमा जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने जानकारी दिए ।

Sponsored

चेयरमेन राउतले ७५ वर्ष माथिका वृद्ध–वृद्धालाई रोगहरु बढी लाग्ने गरेको र पैसा नहुने चेकजाँच नगराउने गरेकाले आफुहरुले उनीहरुलाई निःशुल्क ओपिडी सेवा दिने बताए ।

राउतले नेपालमै आफुहरु पहिलो पटक जेष्ठ नागरिकका लागि ओपिडी सेवा निःशुल्क सञ्चालन गर्न लागेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “जनकपुर न्यूरो हस्पिटलले जेष्ठ नागरिकलाई आजिवन ओपिडीमा नि:शुल्क सेवा दिने

  • November 16, 2022 at 10:23 pm
    Permalink

    साचिकैहो र पत्याउन गह्रौ छ सर नेपाल्मा कहिलै सुन्न्न्सकिने कुरो हो

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *