मधेश प्रदेश : मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
टुडेपाटी–
सर्लाही, कार्तिक २६ गते ।
सर्लाहीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ईश्वरपुर नगरपालिका ९ खोरिया टोल स्थित बयलवासबाट नाढिमनतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रण भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका ६ बस्ने ३५ वर्षीय बिजय मुखियाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।
मुखियाको मुख, टाँउको, शरिरमा चोटलागि गम्भिर घाईते भएकोमा उपचारकालागि सिद्धिबिनायक अस्पताल बयलवासमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
Sponsored