जसपा अध्यक्ष छाडेका पटेल दलबलसहित प्रभु साहको स्वतन्त्र अभियानमा
टुडेपाटी–
रौतहट, कार्तिक २६ गते ।
केही दिन अघि जनता समाजवादी पार्टीको अध्यक्षसहित साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेका धर्मेन्द्र पटेल दलबलसहित प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा समावेश भएका छन् ।
पटेलले शनिवार आफ्नो समूहका नेताहरुसहित मौलापुर नगरपालिका–१, मर्यादपुरमा आयोजित चुनावी सभामा प्रभु साहको हातबाट टीका माला लगाई अभियानमा सामेल भएका हुन् ।
पटेल देवाही गोनाही नगरपालिकाको पूर्वमेयर समेत हुन् ।
पटेलले कार्यक्रममा बोल्दै केपी ओली र उपेन्द्र यादवको अनैतिक राजनीतिका कारण आफू स्वतन्त्र अभियानमा जोडिएको बताए ।
Sponsored