अन्तिम पटक उम्मेदवारी रहेको भन्दै मत माग्दै महन्थ ठाकुर
टुडेपाटी–
महोत्तरी, कार्तिक २६ गते ।
महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटकका लागि रहेको भन्दै मत मागि रहेका छन् ।
ठाकुर यसपछि आफूले अब निर्वाचन नलड्ने बताए । उनले मत माग्ने तथा घरदैलो गर्ने क्रममा मतदातालाई आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गर्दै आएका छन् ।
२०७४ मा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी मधेशको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहेका छन् ।
मतदाताले विकासको कुरा गर्दा अध्यक्ष ठाकुरले विकासभन्दा पनि कानुन निर्माणका लागि र मधेश तथा मधेशीको हक–अधिकार स्थापित गराउनका लागि बढी समय दिने गरेको तर्क गरे ।
Sponsored