किसानले बिक्री गर्ने धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँसम्मले बढ्यो
टुडेपाटी–
काठमाडौं, कार्तिक २३ गते ।
यस वर्षका लागि सरकारले किसानले बिक्री गर्ने धानको न्युनतम मूल्य निर्धारण गरेको छ ।
केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्ष भन्दा क्विन्टलमा २२६ रुपैयाँसम्मले धानको सर्मथन मूल्य बढाएर तोकेको कृषि मन्त्रालयले जनाएको छ ।
आव २०७९÷८० का लागि मोटा धानप्रति क्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।
यो मूल्य गतवर्ष भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो ।
आव २०७८÷७९ मा मोटा धानको सर्मथन प्रति क्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ९०२ रुपैयाँ थियो ।
Sponsored
सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।