मधेशी विवेकहीन र चेतना नभएको अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्न पत्राचार
टुडेपाटी–
काठमाडौँ, कार्तिक २३ गते ।
शहरी विकासमन्त्री रहेका नेकपा एसका दाङ क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणी चौधरीलाई कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
मधेशी समुदायप्रति लक्षित गरी विभेदपूर्ण अभिव्यक्ति दिएको भन्दै मन्त्री चौधरीलाई कारवाही गर्न आयोगले पत्र पठाएको हो ।
कार्तिक २१ गतेको प्राइम टाइम टेलिभिजनमा मन्त्री चौधरीले ऋषि धमलाको महासंग्राममा सहभागी हुने क्रममा मधेसीहरु विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण अभिव्यक्ति दिएको आयोगले जनाएको छ ।
चौधरीको सो अभिव्यक्तिविरुद्ध मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको आयोगले वुधवार विज्ञप्तिमार्फत जनाएको छ ।
सो उजुरीपछि आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।
Sponsored