वीरगञ्जमा घरको छतबाट खसेर दुई वर्षीया बालिकाको ज्यान गयो
टुडेपाटी-
वीरगञ्ज, कार्तिक १८ गते ।
वीरगञ्जमा घरको छतबाट खसेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । ज्यान जानेमा वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुर रहेकी छन् ।
उनी बिहान साढे ११ बजे छतको बाल्कोनीमा खेलिरहेको अवस्थामा अनियन्त्रीत भएर जमिनमा खसेकी थिइन् । टाउकोमा चोट लागेर गम्भिर घाइते भएकी सजनाको उपचारको क्रममा वीरगञ्जको एल.एस.न्युरो अस्पतालमा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
बालिकाको शव पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको प्रहरीले जनाएको छ ।