मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन नपाइने
टुडेपाटी–
काठमाडौँ, कार्तिक १८ गते ।
मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यातायात कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
शुक्रबार सूचना जारी गर्दै मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका आवेदन प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।