TodayPati

मधेश विद्रोहबाट प्राप्त उपलब्धीलाई संस्थागतका गर्न अझै संघर्ष गर्नुपर्छ : उपेन्द्र यादव

टुडेपाटी

सप्तरी, कार्तिक १९ गते ।

जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोहबाट प्राप्त उपलब्धीलाई संस्थागतका लागि अझै संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Sponsored

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले भने, ‘अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र मधेशमा विकासको लागि संघर्षको आवश्यकता छ ।’ अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने बताउँदै उनले अहिले पनि आफू मधेशलाई आधार भूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसङ्ख्यकको अधिकारका लागि प्रयत्नशिल रहेको बताए ।

संघीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि तराई मधेशमा जनसंख्याको अनुपातमा बजेट नदिइने गरेका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेसमा १८ प्रतिशत मात्र लगानी भइरहेको जानकारी दिए ।

मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एक मात्र मधेश प्रदेश बन्नु आफुहरुको लागि गौरबको विषय रहेको उनको कथन थियो । सप्तरीमा शिक्षा र स्वास्थ्य क्षेत्र हबको रुपमा अघि बढेको बताउँदै अध्यक्ष यादवले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्व विद्यालय, नर्सिङ्ग कलेज लगायतको काम पुरा भएपछि जिल्लामा विकासले गति लिने दावी दोहर्याए ।

Sponsored

कार्यक्रममा पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका प्रवक्ता मनिष कुमार सुमन, पूर्व सांसद एवं प्रदेश सभा सदस्यका प्रत्यासी रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले गरेको उदाहरणीय कामहरुबारे चर्चा गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *