TodayPati

लागूऔषधसहित धनुषाबाट दुई युवक पक्राउ

टुडेपाटी–
जनकपुरधाम, साउन १४ गते ।

धनुषाबाट प्रतिबन्धीत लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ बस्ने २४ वर्षीय जिबस दास र जनकपुरधाम उप महानगरपालिका १६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाईट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *